Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

अफगानिस्तानको घटनाले खिच्यो विश्वकै ध्यान

admin

-डा.डिआर उपाध्याय,

यतिखेर अफगानिस्तानको घटनाले विश्वकै ध्यान खिचेको छ । आज सबैले गम्भिर भएर यो बिषयमा सोच्नु पर्ने बेला भएको छ । दुई दशक लामो गृहयुद्धका क्रममा हजारौंहजार वृद्धवृद्धा, बालबालिका र युवाले अकालमा मृत्युवरण गरेको तीतो यथार्थ विश्वसामु छर्लंग छ । अफगानिस्तानका सबै भूभाग यतिखेर तालिबानी कब्जामा पुगेको छ ।

अहिले सबै अफगानिस्तानको घटनाले झस्किएका छन । नेपाली समाज पनि गरिबी र अभाबले जेलिएको समाज हो, बेरोजगारी समस्या पनि यथावत नै छ । अफगानिस्तानको त्यो घटनाले नेपाली जनतालाई पनि छोएको छ । अफगानिस्तानको त्यो घटनाले हामीलाई पनि राष्ट्रको बारेमा सोच्ने बनाएको छ । देशमा अशान्ति भयो भने के हुन्छ ? हामी कुनै अर्थमा अफगानिस्तानभन्दा भिन्न छैनौं । अब नेपाल पश्चिमी देशको राजनीतिको केन्द्र हुने खतरा छ ।

अफगानिस्तानमा अहिले तालिबानले अधिकांश भाग कब्जा गरेको दाबी गरेको छ भने राष्ट्रपति अशरफ घानी भागेर ताजकिस्तान गएको खबर छ । त्यसै गरी उपराष्ट्रपति पनि काबुलबाट भागेको समाचार प्रकाशित भएको छ । सरकारको नियन्त्रण गुमिसकेकोले तालिबानहरुले प्रान्तीय राजधानीलगायतका भूमिमा कब्जा जमाउने क्रम बढेको अवस्था रहेको छ । यो महिना मात्र एक हजारभन्दा बढी सर्वसाधारण मानिसको ज्यान गएको तथा चार लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । तालिबानले राजधानी काबुल कब्जा गरिसकेको र अब अफगानिस्तानमा आफूले चाहेजस्तो भएको तथा आफ्नो विजय भएको घोषणा गरेको छ । अफगानिस्तानमा यो पछिल्लो घटनासँगै विदेशी नागरिकहरु पनि असुरक्षित भएका घटना प्रकाशमा आएका छन् ।

धेरै मुलुकले आ–आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनका लागि पहल गरिरहेका छन् । यसै बीच अफगानिस्तानमा कार्यरत तथा आफ्ना कामका सिलसिलामा त्यहाँ पुगेका नेपालीहरुलाई स्वदेश फर्काउन तथा सुरक्षित स्थानमा सार्नका लागि पनि परराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ । दुई दशकभन्दा लामो गृहयुद्धबाट तहसनहस भएको अफगानिस्तानबाट नेपालले पाठ सिक्नै पर्ने हो, अन्यथा नेपालले पनि त्यस्तै दुर्दशा व्यहोर्नु नपर्ला भन्ने कुनै निश्चित छैन ।

विदेशी हस्तक्षेपको प्रसंग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) जोडेर समयमै सचेत भएर जथाभावी सम्झौता नगर्न, संसद्बाट जस्ताको तस्तै सम्झौता पारित नगर्न, कार्यदलका सुझाव पालना गर्न सांसद, नेता तथा जनस्तरबाट आवाज उठिरहेको छ । भविष्यमा यस्ता परियोजनाले नेपाललाई विदेशीहरुको युद्धभूमि बनाउन सक्ने भन्दै गराएको ध्यानाकर्षणलाई सरकारले बेवास्ता ग¥यो भने त्यो ठूलो भूल हुनेछ ।

विदेशी चलखेल बढ्दै जाने र देशका जिम्मेवार राजनीतिक दलका नेताहरु पनि विदेशीकै स्वार्थसँग आफ्ना व्यक्तिगत÷गुटगत निहित स्वार्थ पूरा गर्नेतर्फ लाग्दा एउटा स्वाधीन राष्ट्रको हालत अफगानिस्तान जस्तो नहोला भन्न सकिदैन । अफगानी जनता त्यस्तो विषम परिस्थितिको सिकार बनिरहेका छन् । नेताहरुले राष्ट्रिय हितलाई सौदाबाजीको माध्यम बनाएर आफ्नै स्वार्थ मात्र पूरा गर्ने प्रवृत्ति देखा परे त्यस्तो मुलुकको अवस्था अहिले अफगानिस्तानको जस्तै हुन के बेर । वास्तवमै नेपालीहरु अहिलेदेखि नै सचेत हुन जरुरी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको