Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

भीम आचार्यले जारी गरे ६ बुँदे अपील: विरोधमा एमाले

admin

नेकपा एमालेका नेता भीम आचार्यले प्रतिनिधिसभा विघटनविरोधी अभियान संसद् र संविधान जोगाउनका लागि मात्रै भएक स्मरण गरेका छन् ।

सरकारले २० प्रतिशतले चाहेको अवस्थामा पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि असन्तुष्टि जनाउँदै आचार्यले पार्टी विभाजनको लागि आफूहरूले सहयोग नगरेको बताएका हुन् ।

एमालेको विवाद मिलाउन मध्यस्तकर्ताका भूमिका निर्वाह गरिरहेका नेता आचार्यले फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनविरोधी अभियान संसद  संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउन का लागि गरिएका थिए । पार्टी विभाजन गर्नको लागि होइन। नेकपा एमालेको विभाजनले लोकतन्त्र, गणतन्त्र,र क्रान्ति का उपलब्धीहरुलाई कमजोर पार्दछ । अग्रगमन को यात्रा मा गम्भीर धक्का दिन्छ।’

उनले अध्यादेश असंवैधानिक र प्रतिगामी कदम भएकाले तुरुन्तै फिर्ता लिन माग गरेका छन्।

((१) प्रतिनिधिसभा बिघटन बिरोधी अभियान संसद/ संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउन का लागि गरिएका थिए। पार्टी बिभाजन गर्नको लागि होइन।
(२) नेकपा एमाले को बिभाजन ले लोकतन्त्र, गणतन्त्र,र क्रान्ति का उपलब्धि हरु लाई कमजोर पार्दछ। अग्रगमन को यात्रा मा गम्भिर धक्का दिन्छ।
(३) संसद र संबिधान बचाउन को लागि बनेको भनिएको शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटी को बल लगाएर एमाले बिभाजन गर्न लाग्नु र त्यसको लागि बिभाजन कारी अध्यादेश ल्याउने दुष्कर्म मा लाग्नु दुर्भाग्यपूर्ण हो।
(४) लोकतन्त्र/संविधान र स्थायित्व लाई कमजोर पार्ने सबै खाले प्रतिकृयावादी हरु को उक्साहट र सहयोग मा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो। यो तुरुन्तै फिर्ता गरीनु पर्दछ।
(५) पार्टी बिभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन म सबै नेता तथा सांसद हरु लाई तथा बिभाजन रोक्न भनि गरिएका कार्बाही फिर्ता लिन पार्टी नेतृत्व लाई हार्दिक अपिल गर्दछु।
(६) बिभाजन ले सबै न्याय प्रेमी जनता लाई दुखित र प्रतिकृयावादी हरु लाई खुसि पार्दछ।त्यस अर्थ पार्टी बिभाजन गर्न ल्याइएको प्रतिगामी अध्यादेश को बिरोध गर्न र पार्टी एकता को पक्ष्यमा दृढता पुर्वक लाग्न म सम्पुर्ण नेता, कार्यकर्ता र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको