Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न

admin

स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्य चन्द, ज्योती प्रकाश लगायत नेपाली चलचत्रि तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पाइनी मुभिज प्रा.ली. ले नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने र आफ्नो कला संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्य लिएर पहिलो पटक यस किसिमको फेष्टिवलको आयोजना गरेको आयोजक समितिका अध्यक्ष डा. हुस्नेत आजादले बताएका छन् । गत मे १ मा सम्पन्न हुन पर्ने कार्यक्रम कोभिड १९ का कारणले स्थगित भएको थियो । सिमित कलाकर्मी र संचारकर्मीहरुको विचमा अगष्ट १८ मा एक समारोहका विच कार्यक्रम समापन गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको