Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै

admin

काठमाडौँमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ ।

कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

विद्यार्थीले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् ।

साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीले कोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको