Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

भाषा अध्ययन पुरा गरेर मात्र जापान जान जापानीज राजदुतको सुझाव

admin

नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाले नेपाली विद्यार्थीका लागि जापान एक प्रमुख शैक्षिक गन्तव्य भएकाले जापानमा काम गर्ने उद्देश्य नभई पढ्ने उद्देश्य बोकेर जापानीज भाषामा दक्ष भएर मात्र जापान जान सुझाएका छन् ।जापानीज भाषा स्कूल संघ ( जालासान)ले नेपाल प्रज्ञा प्रतिष्ठानमा अायाेजना गरेकाे ५ औँ जापानीज भाषा बक्तृत्व कला प्रतियोगितालार्इ संवोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

जापानमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सुचिमा नेपाल चिन र भियतनाम पछि तेस्रो नम्बरमा रहेको र अहिले जापान अध्यनमा गएका करिब २ लाख ४७ हजार विद्यार्थी मध्य नेपाली विद्यार्थीको संख्या अघिल्लो बर्षको भन्दा बढेर २१हजार ५ सय पुगेको बताए ।उनले “नेपाली विद्यार्थीहरु दलालको फन्दामा परेर जापानीज भाषा नजानि जापान जाँदा त्यहाँ पुगेपछी भाषागत समस्या झेल्न नसकेर आत्महत्या सम्म गर्न पुगेको घटनाहरु भएकाले जापान जानु पूर्व भाषागत ज्ञान अनिवार्य रहेकोमा जोड दिए”।
१५ जना प्रतिस्प्रधीहरु सहभागी प्रतियोगीतामा ईनोभेटिभ जापानीज भाषा स्कूलकी सर्मीला बर्माचार्य प्रथम भएकी छिन् ।उनलाई प्रतियोगीतामा प्रथम भएबापत जापानको तोइ जापानीज ल्याङ्व्यज स्कूलले एक महिनको जापान भ्रमण गर्ने अवसर प्रदान गरेको छ ।क्रमश ः भसिराखावा जापानीज भाषा स्कूलकी गीता श्रेष्ठ द्वितिय ,आकासी जापानीज भाषा स्कूलका त्रि विक्रम खत्रि तृतिय र हाकुओ जापानीज भाषा स्कूलकी प्रनिता राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।


नेपाल र जापानको मैत्री सम्बन्धका बारेमा बोल्दै राजखुर ओगावा भन्छन् “जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई त्यहाँको भौतिक शैक्षिक वातावरण,संस्कृति र भाषागत ज्ञान संगै बसोबासका बारेमा जापानीज भाषा स्कूलहरुले भरपुर ज्ञान दिन जरुरी छ ” । नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए पश्चात अहिलेको सरकारले आर्थीक विकासमा ध्यान दिन सके जापानीज लगानिकर्ताहरु नेपालमा आउन खोजेको र यसरी भाषागत ज्ञान संगै जापानमा गएर सिप सिकेका ,अध्ययन गरेका युवाहरुले भोलिका दिनमा नेपाल र जापान सरकार विचको पुलको काम गर्नेमा उनको जोड थियो ।


कार्यक्रममा बोल्दै जालसानका अध्यक्ष सुनिल बज्राचार्याले नेपाली विद्यार्थीलाई भाषा प्रति लगाब बढाउने उद्देश्यले नै वक्तृत्व कला प्रतियोगीता आयोजना गरेको बताए । उनले विद्यार्थीले जापान जानकै लागि मात्र जापानिज भाषा जान्ने भन्दा पनि जापान गएर आफ्नो भविष्य कस्तो बनाउने भन्ने विषय महत्वपूर्ण रहेको औल्याएका थिए ।
जालसानले सामाजिक उत्तरदायीत्व बहन गर्दै जापान अध्ययनमा जान चाहने विद्यार्थीहरलाई विभिन्न किसिमको तालिम पनि प्रदान गर्दै आएको छ ।कार्यक्रममा जालसान ,जाल्टान,जाईका,पुडासैनि मैत्री समाज,जापानी विश्वविद्यालय अल्मुनी एसोसियसन नेपालका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको