Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

लुम्बिनी प्रदेश सभाको बैठक एमाले सांसदहरुको नारावाजी

admin

नेकपा एमालेका सांसदहरुले सोमबारको लुम्बिनी प्रदेशसभाको बैठक चल्न दिएनन् । सभामुख पूर्ण बहादुर घर्तीले बैठक शुरु गर्नासाथ एमालेका सांसहरुले उठेर नाराजवाजी गरेका छन् । सभामुख घर्तीले आफूलाई बोल्न दिन एमालेका सांसहरुसँग आग्रह गरे पनि उनीहरुले सभामुखको कुरा सुनेनन्। एमाले सांसदहरुले एमालेले कारबाही गरेका दुईजना प्रदेशसभा सांसदहरु अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने भन्दै नारावाजीसमेत गरेका छन् ।

एमाले सांसदहरुले सभामुख घर्तीले पदीय मर्यादासमेत कायम नगरेको आरोप लगाएका छन् । एमालेले दुईजना सांसदलाई कारबाही नभएसम्म बैठक चल्न नदिने बताएका छन् ।

अजय शाही सूर्य चुनाव चिन्हबाट विजयी भए पनि उनी हृदेश त्रिपाठीसँगै स्वतन्त्र सांसद हुन् भने वली नेकपाकालिन समयमा सूर्य चुनाव चिन्हबाट विजयी भएकी थिइन् । वलीले माओवादी केन्द्र रोजेकी छन् भने शाही अहिले माओवादी नेतृत्वको सरकारमा मन्त्रीसमेत छ ।

एमालेले आफ्ना पार्टीका दुईजना सांसदले दलीय ह्वीप उल्लंघन गरेको भन्दै पदमुक्त गर्ने निर्णय गर्दै प्रदेश सभामा जानकारी गराएको थियो तर सभामुख घर्तीले उनीहरुलाई कारबाही गर्न नसक्ने जनाएका छन् ।

एमाले सांसदहरुले नारावाजी गरिरँदा माओवादी केन्द्रका सांसद बसन्त मगरले सभामुखसँग समय मागेर बोल्दै वली आफ्नो दलको सांसद भएको भन्दै अन्य दलको सांसदलाई अन्य दलले कारबाही गर्न नमिल्ने बताए । उनी बोल्दैगर्दा एमाले सांसदहरुले झन उत्तेजित भएर नारावाजी गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको