Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

गायिका बसन्तीको “मलाई छोडी गयौ भने” को भिडियो सार्वजनिक (भिडियो सहित)

admin

सांगीतिक क्षेत्रमा क्रियासिल गायिका बसन्ती लामा द्वारा स्वर बद्ध एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । तामांग समुदायको चेली भएर पनि कुनै पनि गीत संगीतमा उक्त गीतको भावले मागेको कथावस्तु अनुसार प्रस्तुत हुन माहिर बसन्तीले आधुनिक गीत मात्र होइन तामांग सेलो, लोक तथा दोहोरी गीत र फिल्मी गीतमा समेत आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् ।

संगीतको विद्यार्थी बसन्ती सांगीतिक शिक्षा पनि लिंदै अहिले सम्म दर्जनौं गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर भरेर आफ्ना श्रोता एवं दर्शकहरुमा माझ पुर्याइसकेकि छिन् । स्वभावले सौहार्द्ध तथा मिलनसार लामाको केहि समय अगाडी “बसन्ती बहार” नामक गीति एल्बम सार्बजनिक भएको थियो । उक्त एल्बम भित्र समाबेस सबै गीतहरुको म्युजिक भिडियो तयार भएको थिएन । क्रमश उक्त एल्बममा समावेस गीतहरुको म्युजिक भिडियो पनि बजारमा ल्याउने क्रममा यसै एल्बम भित्र समाबेस “मलाई छोडी गयौ भने” बोलको गीतको म्युजिक भिडियो राजधानी फिल्म्सको ब्यानरमा तयार भएर हालै सार्बजनिक भएको छ ।

निकै मर्मस्पर्सी ढंग बाट तयार भएको यस गीतको म्यजिक भिडियोमा नबिन बुढाथोकी र सिर्जना रेश्मी मगरको जिबन्त अभिनय रहेको छ । भरत बम्जनको शब्द रचना र पूर्ण श्री परियारको संगीतले सुसजित यस गीतलाई बसन्तिको स्वर लहरिले निकै सुगन्ध प्रदान गरेको छ । “मलाई छोडी गयौ भने” बोलको गीतको म्युजिक भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका हुन् भने छायांकन जनक राज अधिकारी र सम्पादन जोहन राईले गरेका छन् ।

भिडियो:


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको