Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

लुम्बिनीको मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

admin

लुम्बिनी प्रदेशको मुख्य न्यायधीवक्तामा प्युठानका श्रीकृष्ण सुवेदी चयन भएका छन् । सुवेदीले सोमबार राती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका हुन् । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षितले सुवेदीलाई शपथ ग्रहण गराएकी हुन् ।

सुवेदी सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मन्त्रीहरू प्रदेशसभा सदस्यहरु प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरूको सहभागिता रहेको थियो ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको