Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न सरकारलाई संसदीय समितिको निर्देशन

admin

काठमाडौँ – कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य कक्षा तथा विश्वविद्यालय स्तरका परीक्षाहरु सञ्चालन भइरहेको जनाउँदै कक्षा १२ को परीक्षा पनि गराउन निर्देशन दिएकी हुन् ।

समितिका सदस्य डा.सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने सुझाब दिए । त्यस्तै समितिकी अर्की अन्जना विशन्खेले परीक्षा स्थगीत गरेर शैक्षिक सत्र बिथोल्न नहुने बताइन् । स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा लिनुपर्ने उनको भनाइ छ ।

कोरोना संक्रमणदर बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को सिफारीसमा गत साउन २३ गते राष्ट्रिय परीक्षा बोर्डले १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरेको छ ।

बोर्डले यस अघि जारी गरेको परीक्षा तालिका अनुसार साउन ३१ गतेबाट परीक्षा सञ्चालन गरेको भए बुधबार(भोलि) परीक्षा सकिन्थ्यो । परीक्षा स्थगित गर्दाको समयको कोरोना संक्रमण दर र अहिलेको कोरोना संक्रमणदरमा खासै परिवर्तन देखिएको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको