Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

चलचित्र पत्रकार सम्मानबाट सम्मानित भए गीता अधिकारी सहित तुलसी र आरके

admin

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान दिदै आएका चलचित्र पत्रकारहरु गिता अधिकारी , तुलसी गिरी भावुक र आर.के. सुवेदी ‘नेपाल चलचित्र कलाकार संघ चलचित्र पत्रकारिता सम्मान–२०७४’बाट सम्मानित भएका छन् । नेपाल चलचित्र कलाकार संघको १६औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकारद्वय तुलसी गिरी र गिता अधिकारी सम्मानित भएका हुन ।
पत्रकार तुलसी गिरी म्यूजिक डायरी मासिकका प्रधान सम्पादक हुन् भने गिता अधिकारी मिलाप मासिककी कार्यकारी सम्पादक हुन् । त्यस्तै आरके सुवेदी बक्स–अफिस पत्रिकाका प्रधान सम्पादक हुन् ।

 

कार्यक्रममा चर्चित जोडी ९मह जोडी० ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार–२०७४’बाट सम्मानित भए । १ लाख ११ हजार १११ रुपैयाँ र ताम्रपत्रसहितको सो पुरस्कार मह जोडीलाई प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा ५१ हजार १११ रुपैयाँसहितको ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार आरपी पन्तलाई प्रदान गरियो । कलाकार पन्तले पुरस्कारको रकम कलाकार कल्याणकारी कोषलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।
यस्तै, नेपाली चलचित्र क्षेत्रमा चार दशकभन्दा लामो योगदान पुयाएको भन्दै अग्रज नृत्य निर्देशक वसन्त श्रेष्ठ र अग्रज चलचित्र निर्माण नियन्त्रक गेहेन्द्रप्रसाद धिमाललाई ‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान–२०७४’बाट सम्मान गरियो ।
अभिनेत्री दीपिका प्रसाईंलाई ‘नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा प्रोत्साहन सम्मान–२०७४’ प्रदान गरियो । कलाकार संघका लागि विशेष योगदान दिएका चार व्यक्ति चलचित्र निर्देशक राजेन्द्र सलभ, अग्रज अभिनेता जय श्रेष्ठ, अधिवक्ता शम्भु निरौला र कलाकार प्रकाश धिताललाई ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान–२०७४’बाट सम्मान गरियो । सम्मानित व्यक्तित्वहरुलाई जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं अग्रज संगीतकार शम्भुजीत बासकोटाले सम्मान गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको