Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन ओलीको अपील

admin

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावीत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुलाई मूल घरमा फर्किन अपील गरेका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलनमा ओलीले जारी गरेको वक्तव्यमा माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन अपील गरेका छन् ।

वक्तव्यमा ओलीले भने का छन्, तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’

ओलीले जारी गरेको वक्तव्य पार्टी सचिव प्रदीप ज्ञवालीले बाचन गरेका थिए ।

लगत्तै पत्रकारहरुले राखेका जिज्ञासामा ओलीले वर्तमान सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको टिप्पणी गरे । सरकारले संविधानको मर्मविपरित कुनै दल विशेषलाई फुटाउने नियत राखेर अध्यादेश ल्याएकोमा आपत्ती जनाए ।

‘मेरो पालामा पनि अध्यादेश ल्याएको हो, तर मध्यरातमा संसद अधिवेशन अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याएको थिइनँ,’ ओलीले भने, ‘देश र जनताका लागि अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन पाइन्छ तर एमालेलाई विभाजन गर्न सोधेरै कति प्रतिशत राख्दा हुन्छ भनेर अध्यादेश ल्याइयो ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको