Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

जन्मिनेबित्तिकै बेचिदिएकी महिला ४८ वर्षपछि भेटिन्

admin

हजुरआमाले जन्मिनेबित्तिकै बेचिदिएकी एक महिलाले ४८ वर्षपछि आफ्नी जन्म दिने आमालाई भेटेकी छिन् । ४८ वर्षकी एना पाउला तोलोसा साफिगुएरोआ आफ्नी आमा १३ वर्षकी हुँदा जन्मिएकी थिइन् । अविवाहित उनकी आमाले कलिलैमा उनलाई जन्माएपछि उनको परिवारलाई यी बालिकालाई साथमा राख्ने हो भने परिवार समाजमा लज्जित हुनुपर्ने लाग्यो । त्यसपछि सामाजिक लज्जाबाट बच्नको लागि एनाकी हजुरआमाले एनालाई बेचिदिइन् ।

एनाले २४ वर्षकी भएपछि मात्रै आफूलाई हुर्काउने मातापिताले आफूलाई किनेको थाहा पाएकी थिइन् । एना र उनकी अहिले ६२ वर्षकी भएकी आमा डेभोरा साफिगुएरोआ ४८ वर्षपछि आफ्नो देश अर्जेन्टिनामा पुनः भेट भएका छन् । करिब ५ दशकसम्म एक अर्कासँग छुट्टिएर रहेका यी आमाछोरी भेट भएपछि डेभोराले आफूले १३ वर्षकी हुँदा एनालाई जन्माएको पुष्टि गरिन् । १९७० को अर्जेन्टिनी समाजमा यो ठूलो लज्जाको विषय हुने भएकोले उनकी आमाले नातिनी बेचिदिएको उनले बताइन् ।

द सनका अनुसार डेभोराले आफ्ना मातापिताले आफ्नो इच्छाविपरित जन्मिएको केही समयमै एनालाई आफूबाट खोसेर लगेको बताइन् । एनालाई लामो समयदेखि आफूलाई हुर्काउने मातापिता आफूलाई जन्माउने मातापिता नभएको शंका लाग्थ्यो किनकि उनीहरुको शारीरिक बनावट फरक थियो । एनाका अनुसार सानोमा उनी आफ्नी जन्म दिने आमाभन्दा २० ब्लक परको घरमा थिइन् तर उनलाई आफ्नी आमाबारे थाहा भएन ।

कोभिड–१९ लकडाउनका क्रममा एनालाई आफ्नी एक जैविक कजिनले फेसबुकमार्फत सम्पर्क गरेकी थिइन् । त्यसपछि उनले एना पाउलाका दिदीबहिनीहरु अर्थात डेभोराका छोरीहरुलाई यसबारे बताइन् त्यसपछि उनीहरुले डेभोरालाई यसबारे बताए । एनाले आफू लामो समयसम्म बिछोडिएकी आमाको बारेमा फेसबुकमा एक पोस्ट लेखेपछि कजिनले उनीबारे थाहा पाएकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको