Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

बस दुर्घटना हुँदा १२ जना घाइते

admin

नुवाकोटको त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा१ख ६५१९ नं .को बस विदुर नपा–५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । ब्रेक बिग्रिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस्तै आज नै त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.४ख ७९८ नं को बसको ठक्करबाट बट्टारमा पैदलयात्री विदुर नपा–३ फिर्केपका ७६ वर्षीय ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको छ ।

आज नै बेलकोटगढी नपा–७ कल्चडीस्थित गल्छी त्रिशूली सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको वा३ख ६६६७ नंको टिपरले गल्छी त्रिशूली सडकखण्डको कल्चेडीमा वा७०प ४४२७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–९ कोलोनीका तिलकबहादुर मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको