Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

माधव समूहको पार्टीले संसदीय दलमा २० प्रतिशत पुर्‍याउन सकेन

admin

नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको अगुवाइमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधबार सनाखत भएको छ । अध्यादेशमार्फत संसदीय दल वा केन्द्रीय संघीय संसदको संसदीय दलमा कम्तिमा २० प्रतिशत सदस्यले दल विभाजन गर्न सकिने व्यवस्था गरिएपछि माधव समूहले एमाले विभाजन गर्दै नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा भदौ २ मा निवेदन दिएको थियो ।

आयोगमा सोमबार सो दललाई वैधता दिने प्रयोजनका लागि सनाखत गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि साविकको एमालेका २९ जना सांसदले सनाखत गरेको जानकारी दिए । उनका अनुसार एमालेको साविकको २०३ केन्द्रीय कमिटीका सदस्य मध्ये ५४ जनाले सनाखत गरेका छन् ।

संघीय संसदमा एमालेका १५४ जना सांसद थिए । त्यसको २० प्रतिशतका लागि ३१ सांसद आवश्यक पर्ने भए पनि एकीकृत समाजवादीका

लागि २९ जनालेमात्र सनाखत गरेका हुन् । संसदीय दलमा संख्या अपुग भए पनि यसले दल विभाजनमा कुनै बाधा भने पार्ने छैन ।
त्यस्तै २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशतका लागि ४१ जना सदस्य आवश्यक पर्ने भए पनि ५४ जनाले सनाखत गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्दै सरकारले सहज बनाएपछि एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्न माधव समूहलाई सहज भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको