Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

एमालेबाट माधब झलनाथको बिद्रोह

admin

-डा.डिआर उपाध्याय,

एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ ।

ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम हो यो । केपी ओलीले तीनपटक एकताका लागि वार्ताको नाटक गरे । तर त्यो सफल भएन ।

माधब नेपाल बिनाको एकता नाटक हो । तेस्रो धारका नेता राखेर पाटी एकताको नाटक गरे ओलीले त्यसको कुनै अर्थ छैन । यसपटक ओलीको जालझेलको बल्छीमा तेस्रो धारका नेताहरू परेका छन । एमालेको विभाजन नेताहरूको आपसी टक्कर मात्र नभएर अरु कुरा पनि छन । ओलीको दम्भ र अहंकार नै प्रमुख कारण हो । उनको हैकम सहन नसकेर माधब झलनाथले बिद्रोह गरे । अबका दिनमा मुलुकको संसदीय राजनीतिमा क्रियाशील प्रमुख चार कम्युनिस्ट शक्तिमाझको ध्रुवीकरणमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकातिर र ओली एमाले अर्कोतिर हुने बिश्लेषकको दाबी रहदै आएको छ । नेपाली राजनीतिमा विभाजित दलको अवस्था सदैव दयनीय रहेको छ ।

दल नै विभाजित भई २०५६ सालमा निर्वाचनमा गएको एमाले वा छिन्नभिन्न भएर दोस्रो संविधानसभा निर्वाचनमा गएको माओवादी होस् सबैले पराजय नै भोगे । ओली एमालेको गुमेको ताज निकट भविष्यमा फर्कने कुनै सम्भावना छैन । मिश्रित निर्वाचन पद्धतिका कारण कुनै एक दलको बहुमत यसै पनि आउँदैन । यस्तोमा गठबन्धन निर्माणमा जो बलियो हुन्छ, उसैले बाजी मार्छ ।

संविधान, संघीय शासन र लोकतन्त्रलाई नै पाखा लगाउन तयार ओलीको एमाले संग राष्ट्रिय दलहरू कोही पनि सहकार्य गर्न तयार हुने अवस्था देखिँदैन । ओलीको हैकमविरुद्ध विद्रोह गरेर बनेको नेकपा एकिकृत समाजवादीको भविष्य पनि चुनौतीपूर्ण नै छ । अतः जब नेपाल–खनालले विद्रोहको झन्डा बोके, स्वतःस्फूर्त ढंगले देशव्यापी रूपमा एमालेका समानान्तर जिल्ला कमिटी बने ।

जनवर्गीय संगठनका राष्ट्रव्यापी रूपमा समानान्तर सञ्जाल बने । त्यसमा नेता कार्यकर्ताको उत्साहपूर्ण संलग्नता पनि देखियो । यसले राष्ट्रिय पार्टी खडा हुनेछ ।यतिवेला नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ । सत्तामा वाम–लोकतान्त्रिक पक्ष आसीन छ भने ओली एमालेको नेतृत्वमा राप्रपालगायत दक्षिणपन्थी पुरातनवादी शक्ति प्रतिपक्षमा छन् । यो अवस्थामा मुलुकको संसदीय राजनीतिमा क्रियाशील प्रमुख चार कम्युनिस्ट शक्तिमाझको ध्रुवीकरणमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकातिर र ओली एमाले अर्कोतिर हुने देखिन्छ । अझ यसमा जनता समाजवादी पार्टीको शक्तिसमेत थपिँदा यो एउटा सशक्त मोर्चा बन्ने स्पष्ट देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको