Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

झडपमा ४४ जना विद्रोही लडाकू मारिए

admin

फिलिपिन्समा सरकारी सेना तथा बाङ्सामोरो इश्लामिक फ्रिडम फाइटर (बिआइएफएफ) बीच भएको झडपमा ४४ जना विद्रोही लडाकू मारिएका यहाँको सैनिक प्रवक्ताले आइतबार जनाएका छन् ।

लेफ्टिनेन्ट कर्नेल जेरी वेसानाले सञ्चारकर्मीलाई बताएअनुसार बिहीबार शुरू भएको दोहोरो झडपमा परी ४४ जना विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका छन् ।

गुप्तचर अधिकारीले दिएको सूचनाका आधारमा घाइते र मृतकको सङ्ख्या सार्वजनिक गरिएको सैनिक प्रवक्ता वेसानाले बताए । बिहीबार विहानैदेखि शुरु भएको झडपमा दक्षिणी फिलिपिन्सको साल्बु, डाटु साउदी अम्पाटुआन क्षेत्रमा सेनाले करिब ५० विद्रोहीको सामना गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको