Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो, विद्युत आयोजना जोखिममा

admin

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ ।

गए राति ९ बजे गएको पहिरोमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए । अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए ।

निरन्तरको वर्षापछि आएको पहिराले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ ।  यस क्षेत्रमा पैदल हिँड्न्समेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताए ।

असार १ र त्यसपछिका बाढीपहिरोले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै  सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको