Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई पत्रचार

admin

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरुलाई कारोना महामारी कायम अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन पत्रचार गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति मंगलबार इन्जिनियरिङ कलेजको विवादित शुल्कको विषयमा कोरोना महामारीको रहेको अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन निर्देशन दिएकाले विश्वविद्यालयले पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, र सूदुरपश्चिम विश्वविद्यालयलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको हो ।

मंगलबार संसदीय शिक्षा तथा स्वास्थ्य समिति अध्यक्ष जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले कोभिडको समयमा अन्य क्रियाकलाप नभएकाले अध्ययन शुल्क मात्र गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट सम्बन्धन लिएका १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरू शुल्क समायोजनको माग राख्दै करिब तीन साता आन्दोलनमा उत्रेका छन ।

कोरोना महामारीमा अनलाइनबाट पढाएर भौतिक उपस्थितिमा पढाए सरह शुल्क लिएको आन्दोलनरत विद्यार्थीको आरोप छ । ललितपुरस्थित हिमालय कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरू शुल्क समायोजनको माग राखेर गत साउन २२ गतेदेखि आन्दोलनमा छन् ।

उनीहरू दुई सातादेखि अनशनमा बसेका छन् । यही मागमा अन्य केही कलेजका विद्यार्थीहरूले पनि तालाबन्दी गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको