Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

कलाकार रोमा धरौटी तिर्न नसकेपछि जेल चलान

admin

एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने जेल चलान भएकी छन्। जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएकी हुन् ।

अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले न्यौपानेलार्इ उक्त रकम बराबरको धरौटी मागेको थियो। हाल उनलाई केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए । यसअघि २४ फागुनमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

रोमासहित उनका पति चिरञ्जीविविरुद्ध ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनका पति पक्राउ परे पनि रोमा भने फरार थिइन् ।

उनीहरूले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो ।

रोमालाई २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको