Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

आज भदौ ११ गते शुक्रबारको राशिफल

admin

आज २०७८ भदौ ११ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष _चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

कर्कट_हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् । आकस्मिक धनलाभ पनि होला ।

सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट पनि लाभ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ ।आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ ।

वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रा पनि रहला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजना पनि बन्न सक्छ ।

राशिफल जे जस्तो भएपनि मेहनत गर्नूहोस सफलता तपाईंको हातमा आउनेछ । तपाईंको दिन शुभ रहोस् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको