Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने

admin

राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् ।

भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् ।

भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ ।

अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो । ‘रेलका लागि लिक निर्माण आवश्यक पर्छ । त्यसैले बस्तीबाहेकको क्षेत्र रोजिएको छ,’ रेल सेवा विस्तार फाइनल लोकेसन सर्भे टोलीका सदस्य गणेशबहादुर शाहीले भने ।,


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको