Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने

admin

राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् ।

भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् ।

भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ ।

अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो । ‘रेलका लागि लिक निर्माण आवश्यक पर्छ । त्यसैले बस्तीबाहेकको क्षेत्र रोजिएको छ,’ रेल सेवा विस्तार फाइनल लोकेसन सर्भे टोलीका सदस्य गणेशबहादुर शाहीले भने ।,


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको