Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित

मेगा म्युचुअल फण्ड–१ मा माग गरिएभन्दा बढीको आवेदन

admin

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ मा मागेभन्दा बढी आवेदन परेको छ।

योजनाको प्रतिएकाइ मूल्य १० रुपैयाँ दरको १० करोड एकाइमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत एकाइ कोष प्रवर्द्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख एकाइमा सार्वजनिक निष्काशन गरिएको हो।

निष्काशन गरेको दुई दिनमै मागभन्दा बढि आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको मेगा क्यापिटल मार्केट्सले जनाएको छ।

हालसम्म १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय रुपैयाँबराबरको इकाइ खरिदका लागि आवेदन परेको कम्पनीले जनाएको छ।

जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन हो।

मागभन्दा धेरै बढी एकाइका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिकाबमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी एकाइहरु बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको