Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

आईपीओ कसरी भर्नुपर्छ ? भर्न के-के चाहिन्छ ?

admin

पछिल्लाे समय आईपीओ धमाधम आईरहेका छन् । धेरैले भर्ने चाहेका छन् । तर कतिपयलाई कसरी भर्ने भन्ने पनि थाहा छैन् । चन्द्रागिरी हिल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन पछि सेयर बजारमा एककिसिमको उत्साह आएको छ ।

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा पछिल्लो समय सर्वसाधारणमा सेयर सम्बन्धी चासो निकै बढेको बताउछन् । तर अझै पर्याप्त चेतना भने नभएको उनको बुझाइ छ । धेरैले जानेर आईपीओ आवेदन दिन्छन् भने कतिपयले आफन्त वा साथीभाईहरुको सल्लाहसुझावका आधारमा पनि आईपीओ भर्ने गरेका छन् ।

सेयर बजारमा दुई किसिमको बजार हुन्छन् । पहिलो-प्राथमिक बजार, जहाँ हामीले आईपीओमा आवेदन दिएर गोलाप्रथाबाट सेयर हात पार्नु पर्ने अवस्था छ । दोस्रो बजारमा भने सिधै प्रवेश गरेर बजार मूल्यअनुसार आफूले चाहेको सेयर खरिद गर्न सकिन्छ । आईपीओमा जोखिम कम हुने र फाइदा हुँदा निकै धेरै नै फाइदा हुने भएका कारण पनि सर्वसाधारणहरुको यसतर्फ निकै आकर्षण छ ।

अहिले पनि ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । आगामी ३० माघ देखि महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्दैछ । अब कसरी आईपीओ भर्ने भन्ने विषयमा जानकारी छैन भने तलको सरल तरिका हेर्नुस्

१. बैंक खाता

आईपीओ भर्नका लागि सबै भन्दा पहिला तपाईंलाई आवश्यक पर्ने भनेको बैंक खाता हो । बैंक खाता नभई तपाईंले यसपछिका प्रक्रियाहरु अघि बढाउन सक्नु हुन्न । बैंक खाता जुनसुकै बैंकको भए पनि हुनेछ । तपाईंसँग बैंक खाता छैन भने बैंक खाता खोल्ने र छ भने तपाईले यसपछिको प्रक्रियाहरु हेर्नुस् ।

२. डिम्याट खाता खोल्ने

बैंक खाता भए पछि तपाईंले डिम्याट खाता खोल्नु पर्ने हुन्छ । डिम्याट खाता भनेको सेयर राख्ने खाता हो । बैंकमा पैसा राख्नका लागि बैंक खाता खोलेजस्तै सेयर राख्नका लागि डिम्याट खाताको आवश्यकता पर्छ । डिम्याट खाता खोल्नका लागि मर्चेन्ट बैंक (क्यापिटल)मा सम्पर्क गर्नुपर्ने हुन्छ । सबै मर्चेन्ट बैंकहरु बैंकहरुकै सहायक कम्पनी भएका कारण तपाईंले खाता भएकै बैंक वा अन्य जुनसुकै बैंकमा गएर पनि डिम्याट खाता खोल्न सक्नुहुनेछ ।

३. मेरो सेयर

डिम्याट खाता खोलिसकेपछिको प्रक्रिया भनेको मेरो सेयर सुविधा लिने हो । मेरो सेयर सुविधामार्फत तपाईंले घरमै बसेर आईपीओ भर्न सक्नुहुनेछ । डिम्याट जहाँ खोल्नु भयो त्यहिँ तपाईंले मेरो सेयरको एउटा फारम भर्नुभयो भने तपाईको इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ । मेरो सेयर सुविधा नलिने हो भने तपाईले बैंकमा गएर पनि आईपीओ भर्न सक्नुहुनेछ ।

मेरो सेयर सुविधा लिएमा भने तपाईंले आईपीओ भर्नका लागि बैंकसम्म पुग्नु पर्दैन । यसका लागि तपाईंले सीआस्वा -सीआरएन) दर्ता भने गर्नु पर्ने हुन्छ । बैंकमा गएर सीआरएनको एउटा फारम भरेर बुझाए तपाईलाई बैंकले सीआरएन नम्बर दिनेछ । त्यो नम्बर तपाईंले सुरक्षित राख्नुपर्छ ।

यसपछिको प्रक्रिया

‘मेरोसेयरडटसीडीएससीडटकमडटएनपी‘ खोलेर वा मोवाइलमा मेरो सेयर एप डाउनलोड गरेर युजर आईडी राख्र्नुपर्छ । तपाईंलाई इमेलमा उपलब्ध भएको पासवर्ड अब परिवर्तन गर्नु पर्नेहुन्छ । आफूले चाहेको पासवर्ड राख्नुपर्छ ।

तपाईंलाई पुनः ४ अंकको पिन कोड बनाउनु पर्नेछ । आफ्नो इच्छा अनुसार चार अंकको पिन कोड राख्ने । यति भएपछि तपाईंको ‘मेरो सेयर’ खुल्नेछ । त्यसपछि ‘माई आस्वा’ ब्लकमा क्लिक गरिसकेपछि करेन्ट इस्यु, अप्लाई फर इस्यु, एप्लिकेसन रिपोर्ट र ओल्ड एप्लिकेशन रिपोर्ट लेखिएको देख्नुहुनेछ ।

‘अप्लाइ फर इस्यु’मा क्लिक गरेपछि कुन कम्पनीको आईपीओ खुलेको छ, त्यहाँ देखिनेछ । जस्तो अहिले ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ खुलेको छ । ग्रीनलाईफ लेखेको छेउमा अप्लाई भन्ने अप्सन छ, त्यहाँ क्लिक गर्नुस् ।

अब तपाईंले बैंक छान्नुहोस् । बैंक छानेपछि बैंक शाखा र खाता नम्बर आफै आउँछ । अब तपाईंको इच्छा अनुसार ‘अप्लाई कित्ता’ गएर कति कित्ता भर्ने हो लेख्नुस् । भर्न चाहेको कित्ता राखेपछि आफैं रकम देखाउछ । रकम भन्दा तल बैंकबाट लिएको सीआरएन नम्बर राख्नुहोस् ।

त्यहाँ शर्त राखिएको हुन्छ । टिक लगाएर प्रोसेस्ड गरेपछि चार अंकको पिन नम्बर माग्छ । त्यो पिन नम्बर हालेर ‘ओके’ गरेपछि तपाईंको आईपीओ स्वीकृत भएको संकेत त्यहिँ आउनेछ । तपाईंले आवेदन दिएको बारे ‘एप्लिकेसन रिपोर्ट’ भन्ने अप्सनमा गएर हेर्न सक्नुहुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको