Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

तेह्रथुम पावरको आईपीओमा आवेदनकाे ओईराे, तपाईलाई आईपीओ पर्ने सम्भावना कति ?

admin

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेकाे आज तेश्राे दिन हाे । तेश्राे दिन पनि कम्पनीकाे आईपीओमा आवेदनकाे ओइरो लागेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार शुक्रबार दिउँसाे १:३० सम्म १७ लाख १८ हजार ६ सय ६३ जना आवेदकले २ अर्ब २८ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका हुन् । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३०.६४ गुणा बढी आवेदन हाे ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिनेछ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । अर्थसंसारले लेखेकाे छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको