Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

दल बिभाजन लोकतन्त्रका लागी खतरा

admin

-डा.डिआर उपाध्याय,

दल बिभाजन लोकतन्त्रका लागी खतरा अब आउने दिनमा देशको राजनीति के हुन्छ र कता जान्छ भन्ने बिषयमा सबैको चासो छ । देशको ठूलो पाटी एमाले बिभाजनले देशमा एक खालको तरंग उत्पन्न भइरहेको छ । लोकतन्त्रमा ठूला दल बिभाजन हुँदा पक्कै पनि देशलाई घाटा हुन्छ नै । लोकतन्त्र पनि कमजोर हुने खतरा हुन सक्छ । दल बिभाजन हुनु भनेको लोकतन्त्रका लागी खतरा हो । आज जे भइरहेको छ, त्यो मुलुकको हितमा छैन । जसले जति कोसीस गरे पनि नेपाल कम्युनिस्ट पार्टी एमाले फुटबाट जोगिन सकेन । यो नै चिन्ताको बिषय हो ।

दोस्रो तहका नेताहरुको पनि केही सिपलागेन । उनीहरू निरीह बनेर बसे । ओलीपक्षका दोस्रो तहका नेताहरुले पनि यो बिषयमा प्रभाबकारी भूमिका निर्वाह गर्न सकेनन् । पार्टी फुट्न दिनु हुँदैन भनेर उनीहरु कहिले गम्भिर बनेनन् । बरु माधब नेपाललाई उत्तेजित बनाउने खालका टिकाटिप्पणी गरे । माधव पक्षलाई चिढाउने काम बाहेक ओली खेमाले अरु केही गरेन । सूर्य थापा, गोकुल बास्कोटा जस्ता नेताले दिनौं जसो सामाजिक संजालमा दिने टिका टिप्पणीले एकता भडकाउन ठूलो भूमिका खेल्यो । ओलीले उनीहरुलाई कहिले लगाम लगाउन सकेनन् ।

ओली पक्षका दोस्रो तहका नेताहरु पार्टी एकतामा त्यति गम्भिर देखिएनन् । समस्या यहाँ निर छ । कुरा एकातिर काम अर्को तिर गर्ने प्रबृतिले यो समस्या आएको हो । अहिले एमाले गम्भिर संकटमा छ । यो संकटलाई पार लगाउन त्यति सहज छैन । समयले धेरै बाटो काटि सक्यो । आगामी निर्वाचनमा एमाले धेरै कमजोर हुने आँकलन धेरैले गर्न थालेका छन । समयमा बुद्धि पुर्याउन सकेको भए अहिले पछुताउनु पर्ने थिएन । नेताहरुमा देखिएको दम्भ र अहंकारले एमाले सकियो ।

नेताहरुले राम्रो काम गर्न सकेनन् । जनताले नेता छनोट गर्न जानेनन् । यस्ता नेताबाट देश बन्न सक्दैन । जनताले सोच्नु पर्ने बेला आएको छ । देशमा एउटा नेता पनि राम्रो पाउन गाहारो छ । चुनाव निस्पक्ष हुन नसकेर पनि यस्तो हुन्छ । जनप्रतिनिधि तथा नेता छान्ने काम जनताको हो । नेपालको राजनीतिमा फेरि अस्थिरता निम्तिने खतरा पनि उत्तिकै बढेर गएको छ । नेताहरू कुर्लीकुर्ली भाषण मात्र गर्छन्,ब्यवहारमा कुनै कुरा लागु गदैनन् । नेताहरुलाई सत्ता मात्र चाहिएको छ ।

जनताको पिर मर्का के छ कुनै मतलव छैन । सत्तामा गए पछि आफ्ना मान्छेलाई खोजीखोजी नियुक्ति दिन्छन्, पहिले भएकालाई घोक्रेठ्याक लगाइदिन्छन् । हामीकहाँ यो रोग छ । ‘राम्रो’ भन्दा ‘हाम्रो’ प्यारो भएको छ । पार्टीपिच्छे गुट र उपगुटको प्रभाव छ । कार्यकर्तालाई क्षमता हेरेर निष्पक्षताका आधारमा काम दिइँदैन। क्षमता भएहोस्, न भए न होस् तर आफ्नो मान्छेको भागमा पर्नुपर्छ । यो प्रबृति बढी हाबी भएको छ । ओली पक्षबाट वर्तमान सरकारप्रति चर्को आलोचना भइरहेको छ । सरकारले जनताको पक्षमा लोकप्रिय काम गरेर देखाउने बेला आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको