Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्दे प्रथम उपराष्ट्रपतिबाट सम्मानित

admin

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्ट प्रा लि को ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा विगत १७ बर्षदेखि नेपाली कलाकारिताको क्षेत्रमा दर्जनौँ सुपरहिट ठूलो पर्दाका नेपाली कथानक चलचित्र, टेलि चलचित्र, विज्ञापनहरु, सडक नाटक, स्टेज शोहरु, देश बिदेशमा आफ्नो प्रस्तुति दिईसकेका, बिभिन्न संघ संंस्थामा आबद्घ एवम् अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड, सम्मानबाट सम्मानित चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्देलाई कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाबाट सम्मानित गरिएको छ ।

उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाइ योगदानको आधारमा सम्मानित गरिएको थियो भने कार्यक्रममा आयोजक रिवन इन्टरटेन्मेन्ट प्रा लि का निशु कान्त झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रि«य विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द रहनुभएको थियो । उक्त कार्यक्रम भदौ १२ गते शनिवार म्युजिक सिटी हल,बालकुमारी,ललितपुरमा भएको थियो ।

उक्त सम्मान ग्रहण पश्चात हाँस्य कलाकार गोपाल ढकाल छन्देले सम्पुर्ण दर्शक, श्रोताहरुप्रति विशेष आभार प्रकट गर्दै आफुमा अझै सिर्जनशील हुने र अझै कर्मशील हुने तथा जोश जाँगर पलाएको कुरा  बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको