Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण

admin

काठमाडौँ– विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५८४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६ हजार ७१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार १२६ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ३६ लाख ३३ हजार ५७३ पुगेको छ ।

यही अवधिमा ५ लाख ३५ हजार ९०३ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड ६७ लाख ४ हजार ६५७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ६४ हजार ३६५ छ । यसमध्ये १ लाख १३ हजार १४९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६९ हजार १८१ जनामा संक्रमण भएको छ । यस्तै थप ६०४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ५४ हजार ३३७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ७९ हजार ५४ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ३७ हजार ८६० संक्रमितको मृत्यु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको