Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

सर्वोच्चकै न्यायाधीशबाट प्रधानन्यायाधीश पराजुली पदमुक्त भइसकेको घोषणा

admin

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले योग्यता र उमेर विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुली कानुनतस् गत साउनमै पदमुक्त भइसकेको घोषणा गरेका छन् ।

पराजुलीले आफ्नो उमेर छल्न ‘किर्ते’ काम गरेको भन्दै उनको इजलासमा बस्न नसक्नेरनमिल्ने पनि बताएका छन् ।

जबराले तथ्यसहित त्यस्तो खुलासा गरेपछि सर्वोच्चका अन्य न्यायाधीशले पनि पराजुलीलाई राजीनामा दिन सल्लाह दिँदै अब इजलास नतोक्न भनेका छन्। कान्तिपुर र डा। गोविन्द केसीविरुद्ध चलाइएको अवहेलना मुद्दाका सन्दर्भमा जबराले यस्तो असामान्य घोषणा गरेका हुन् । उक्त अवहेलना मुद्दा हेर्न पराजुलीद्वारा गठित सात सदस्यीय इजलास यससँगै स्वतस् भंग भएको छ ।

कान्तिपुर र डा. केसीविरुद्ध चलेको अवहेलना मुद्दाको संयुक्त सुनुवाइ सुन्न सोमबार सर्वोच्चको बृहत् इजलासमा खचाखच भीड थियो । मध्याह्न १२ बजेसम्म कुरेर बसिरहँदा भित्र च्याम्बरमा भने पराजुली र इजलासका अन्य पाँच न्यायाधीशहरू जबरालाई पर्खेर बसिरहेका थिए ।

इजलासमा जान ढिलो भएको भन्दै पराजुलीले जबरालाई तारन्तार फोन गरिरहेका थिए । घरमा पूजा भएकाले आफू केही ढिलो भएको भन्दै उनी आफ्नो निवास सुकेधाराबाट निस्के ।

‘सर्वोच्च पुगेपछि मैले इजलासमा बस्न ठीक परिरहेका प्रधानन्यायाधीशलाई भेटेँ र राजीनामा गर्न भनेँ, यसका लागि त्यहाँ उपस्थित पाँच न्यायाधीशलाई पनि कुरा अघि बढाउन आग्रह गरेँ,’ जबराले भने, ‘तर न पराजुलीजी राजीनामा दिन तयार हुनुभयो, न बाँकी साथीहरूले कुनै आवाज उठाए ।’जबरासँग केही भनाभन भएपछि पराजुलीले ‘यस्तो अवस्थामा अब इजलास के बस्नु’ भनेर कान्तिपुरविरुद्धको सुनुवाइ स्थगित गर्न खोजेका थिए ।
कान्तिपुर दैनिकको पहिलो पृष्ठमा खबर छापिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको