Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

तालिवानसँग सम्पुर्ण हतियार फाइटर प्लेन देखि ड्रोन सम्म

admin

अफगानिस्तानको राजधानी काबुलसमेतमाथि नियन्त्रण कायम गरेपछि तालिवान सँसारको त्यस्तो अतिवादी समूह भएको छ जोसँग हवाई फौज समेत छ । अफगानी सेनाले आत्मसमर्पण गरेपछि तालिवानको नियन्त्रणमा युद्धक हेलिकोप्टर देखि अत्याधुनिक हतियार समेत पुगेको छ ।

अमेरिकाले अफगानी सेनालाई दिएको अत्याधुनिक हतियार पनि तालिवानको कब्जामा पुगेको छ । अमेरिकी पूर्वसैनिक अधिकारी समेत रहेका रिपब्लिक सांसद जिम ब्यांक्सका अनुसार ८५ अर्ब डलर बराबरको अमेरिकी हतियार तालिवानको पहुँचमा पुगेकोछ । जसमध्ये ७५ हजार सैनिक सवारी साधन, २ सय भन्दा बढी विमान र हेलिकोप्टर, ६ लाखभन्दा बढी हतियार छन् ।

तालिवानसँग विश्वका ८५ प्रतिशत देशभन्दा बढी ब्लाक हक हेलिकोप्टर रहेको छ । स्क्यान इगल सैन्य ड्रोन समेत तालिवानको नियन्त्रणमा पुगेको छ ।

सन् २००२ देखि २०१७ का बीच अमेरिकाले अफगानिस्तानको सैनिकका लागि २८ अर्ब डलरको हतियार सहयोग गरेको थियो । जसमध्ये बन्दुक, रकेट, ड्रोन्सलगायत थिए । सन् २००३ देखि २०१६ का बीच अमेरिकाले अफगान फौनलाई २०८ युद्धक विमान र हेलिकोप्टर प्रदान गरेको थियो । यो अमेरिकाको गर्भनमेन्टर एकाउन्टाबिलिटी अफिसको तथ्यांक हो । ५० वटा जति सैन्य विमान अफगान पाइलटहरुले शरण लिदै उज्वेकस्तानमा पुर्याए । काबुलमाथि नियन्त्रण बनाउनु अघि नै तालिवानले पाइलटहरुको हत्याको अभियान नै चलाएका थिए ।

विश्वको शक्तिशाली देशहरुसँग भएको बराबरको हतियार तालिवानको हातमा पुगेको छ । पश्चिमा देशहरुले अनुमान गरेको भन्दा छिटो काबुल कब्जा गरेकाले बढीभन्दा बढी हतियार तालिवानको हातमा पुग्न सक्यो ।

दुश्मनको हतियार कब्जा गर्नु गुरिल्ला रणनीति हो । तालिवानले यही रणनीति अपनाए । उनीहरुले अमेरिकासहित पश्चिमा गुप्तचरको सूचनालाई नै गलत सावित हुने गरी दश दिनभित्रै काबुलमाथि नियन्त्रण कायम गरे ।

अमेरिकी हतियार कब्जा गरेपछि तालिवान सैनिक अत्याधुनिक हतियारसहित काबुलमा देखिन थालेका छन् । उनीहरु एम फो कार्बिन्स र एम १६ राइफल भिरेका देखिन्छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको