Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

मेयर माथी गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ

admin

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आरोपमा  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा संलग्न रहेको आशंकामा तीन जना विप्लवका कार्यकताहरुलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

सोमबार साँझ आठ बजे नगरपालिकाको सुख्खड बजारस्थित चौधरीकै निवासमा गएको अज्ञात समूहले उनी माथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको थियो  ।

यसअघि, नेकपा माओवादील मेयर चौधरीमाथि कारवाही गर्ने विज्ञप्ती जारी गरेको थियो । राजीनामा नगरे कारवाही गर्ने विज्ञप्तीमा थियो ।  घटनापछि सो पार्टीले केही जिम्मेवारी लिएको छैन् । सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको नेकपाको कैलाली पार्टी कमिटिले विज्ञप्ती जारी गरेको थियो । अन्य आक्रमणकारीको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । उनको  खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो ।

उनको गम्भीर अपराधलाई पनि सामान्य रुपमा लिएको आरोप लागेको थियो । तर शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरेका थिए ।

उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताएका थिए ।  बोक्सीको आरोपमा किशोरीमाथि कुटपीट गर्ने विरुद्ध जाहेरी नलिने प्रहरी पनि कारवाहीमा परिसकेका छन् । अहिलेसम्म घटनामा आरोपित तीन जना पक्राउ परेका छन् । र, दुई जना विरुद्ध मुद्दा नै दर्ता भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको