Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

आईपीओ लिएर आउने भए नेपालका यी ५ ठूला कम्पनी, आवेदन दिने जति सबैलाई आईपीओ पर्ने

admin

पछिल्लाे समय ठूलाे संख्यामा सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिरहेका छन् । त्यस्तै बिभिन्न कम्पनीका आईपीओहरु पनि धमाधक निष्काशन भईरहेका छन् । अहिले नयाँ कम्पनीहरू पनि साधारण सेयर (आईपीओ) जारी गरी कम्पनीमा सार्वजनिक लगानी भित्र्याउन जुटिरहेका छन् ।

तथ्याङ्कअ अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३२ कम्पनी प्राइभेटबाट पब्लिक कम्पनीको रुपमा अघि बढेका छन् । त्यसमध्ये सञ्चार प्रविधि क्षेत्रका पाँच कम्पनीहरुले स्वामित्व परिवर्तन गराएका छन् ।

ती कम्पनीहरुमा निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजियाटा, इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन, सुबिसु केवल नेट, लुप नेटवर्क र एसटीसी कार्ड सेवाप्रदायक कम्पनी स्मार्ट टेक्नोलोजिज रहेका छन् ।

यी कम्पनीहरु के का लागि पब्लिक कम्पनी बने, त्याे कम्पनीहरुलाई नै थाहा हाेला । तर पब्लिक हुँदैमा आईपीओ नै निकाल्छन भन्ने नभए पनि पब्लिक कम्पनीको रुपमा दर्ता भएका कम्पनीले साधारण शेयर जारी गर्नसक्ने सम्भावना भने रहन्छ ।

पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार पब्लिकमा जानुपर्ने व्यवस्था रहि आएकाे छ ।

त्यसैका आधारमा ती सूचना प्रबिधि क्षेत्रका कम्पनीहरु स्वामित्व परिवर्तन गरी पब्लिक कम्पनी भएका हुन् । एनसेलले हालसम्म साधारण शेयर जारी गर्ने विषयमा भने कुनै आधिकारिक जानकारी गराएकाे छैन ।

त्यस्तै हाल मुलुककाे ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी रहेकाे वर्ल्डलिङ्कले सर्वसाधारणमा शेयर जारी गर्ने विषयमा यसअघि नै जानकारी दिइसकेको छ । कम्पनीका अध्यक्ष दीलिप अग्रवालले कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा अबको तीन वर्षमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने जानकारी दिएका थिए ।

त्यसैगरी अर्को इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले पनि आफुलाई ७ महिना अघिमात्रै पब्लिक कम्पनीमा परिणत गरेकाे थियाे। तत्कालै आईपीओ जारी गर्ने योजना नभएपनि अन्ततः यसको उद्देश्य त्यही नै भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय साउदले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको