Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

जहाज अवतरण असाधारण भएकोले युएस बंगला विमान दुर्घटना

admin

काठमाडौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले सोमबार दिउँसो युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नु पर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपतकालीन घोषणा भने गरेको थिएन ।

जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको थियो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीले दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिँदादिँदै पाइलटले अटेरी गरेकाले यति ठुलो दुर्घटना हुन पुगेको जनाए । ‘जहाजलाई एयर ट्राफिक कन्ट्रोलरले दक्षिणबाटै अवतरण गराउन भनेका थिए, तर पाइलटले मानेनन्’, क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘तर पाइलटले टावरको उत्तरबाट ल्यान्ड गर्छु भनेपछि उत्तर पूर्वतिर दुई राउन्ड घुमाएको पाइयो । जहाज दुई राउन्ड घुमाएपछि पुनः एटीसीले ‘आर यु ओके’ भन्दा पाइलटले कुनै रेसपोन्स गरेनन् ।’

पाइलटले उत्तरबाट ल्यान्ड गर्ने तयारी गरेपछि एटिसीले जहाजको एलाइन्टमेन्ट मिलेको छैन भन्दा पनि रेसपोन्स नगरेको क्षेत्रीले बताएका छन् । ‘एटीसीले भन्दा भन्दै पाइलटले रेसपोन्स नगरेको पाइयो । त्यसपछि जहाज टावरको छेउतिरबाट आर्मीको ह्याङ्गर निर आयो, ग्राउन्डमा रहेको अर्को जहाजसँग ठोक्किन खोज्दै जहाज दुर्घटनामा परेर आगो लाग्यो ।’ क्षेत्रीले जहाजमा आगो लागेपछि उद्धारक टोली तयारी अवस्थामा भएकाले अझ ठुलो क्षति हुनबाट जोगिएको पनि जिकिर गरे । ‘आगलागीको लागि उद्दारमा टोली तयार भएकाले चाँडै नियन्त्रणमा आयो’, उनले भने, ‘१०,१५ मिनेट ढिला भएको भए अझ अवस्था खराब हुन्थ्यो ।’

युएस बङ्गला विमान दुर्घटनामा हाल सम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । ती मध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको क्यान, त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले पत्रकार सम्मेलन गरी जनाएको छ ।
अन्नपूर्णबाट


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको