Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

भदौ २० गतेदेखि लाइसेन्सका लागि ट्रायल सञ्चालन हुने

admin

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौ २० गतेदेखि सञ्चालन हुने भएको छ । बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले आइतबार सूचना जारी गर्दै वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।

करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो । पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ४ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ४ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ । यससँगै अब प्रतिक्षामा रहेका परीक्षार्थीहरुले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गरी आफ्नो पालो बुझ्नुपर्नेछ ।

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई ट्रायलमा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा दिइने सूचनामा उल्लेख छ ।

परीक्षार्थीहरुले पालन गनुपर्ने विषयहरुः– परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि परीक्षार्थी स्वयमले अनिवार्य रुपमा रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यावस्था गर्नुपर्ने

-परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्र परीक्षा केन्द्रमा उपस्थित हुनुुपर्ने– परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कँदा शौचालय प्रयोग गर्दा भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने

– परीक्षामा खटिएका कर्मचाारीले दिएको निर्देशनको पूर्णरुपमा पालना गर्नुपर्ने-परीक्षार्थीहरु परीक्षा केन्द्रमा समूह बनाई भेला नहुन– परीक्षा केन्द्र प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको तापक्रम मापन गरिने छ ।

परीक्षामा खटिने कर्मचारीको हकमा-परीक्षामा खटिने कर्मचारीले परीक्षा केन्द्रमा मास्क, पञ्जा र स्यानिटाइजरको अनिवार्य रुपमा प्रयोग गर्ने– परीक्षार्थीहरुलाई एक आपसमा भौतिक (सामाजिक) दूरी कायम हुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई परीक्षा हलमा प्रपेश गराउने

-प्रश्न पत्र वितरण र हाजिरी गराउँदा उच्च सर्तकता अपनाउने,– परीक्षार्थीहरुसँगको भौतिक दूरी कायम हुने गरी परीक्षार्थीको पहिचान गरी उत्तर पुस्तिकामा हस्तक्षर गर्ने

– कागजतहरु छोए पश्चात प्रत्येक पटक हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने– परीक्षामा खटिने कर्मचाारीहरु कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्र्रमा उपस्थित भइसक्नुपर्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको