Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

रामकृष्ण श्रेष्ठको ‘रुपैको धाक नलाउ’ गीतको म्यूजिक भिडियो सार्वजनिक

admin

काठमाडौँ  : लामो सयमदेखि नेपाली सांगितक क्षेत्रमा निरन्तर रुपमा क्रियाशिल रहेका गायक तथा संचारकर्मि रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन । युवा पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको गायक श्रेष्ठले बताए ।
गीतमा गायक श्रेष्ठसंगै चर्चित गायिका मिलन अमात्यको आवाज रहेको छ । अम्बिका गुरुङको शब्द, अशुसेन लामाको संगित, बवीराज घतानीको ऐरेन्ज, रहेको उक्त गीतको भिडियोलाई शुक्रबारदेखी सार्वजनिक गरिएको छ ।

सोनाम पाख्रीनको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन भने सम्पादन सुशिल न्यौपानेको रहेको छ । भिडियोमा मोडल शिवदास गुरुङ, अस्मिता राना मगर, बिनिता तामाङ लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ भने गायक स्वयं पनि भिडियो देखिएका छन । पोखराको रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो प्रति गायक श्रेष्ठ निकै आशावादी रहेका छन ।
म्युजिक भिडियोः


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको