Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

अफगानिस्तानबाट उद्धार गरिएका सम्पुर्ण नेपाली आज काठमाडौंमा

admin

काठमाडौँ- तालिबानले विदेशीले अफगानिस्तान छाड्न दिएको समयसीमा आज सकिँदै छ ।

अमेरिकासहितका विदेशी फौज र विदेशी नागरिकले सोमबार नै अफगानिस्तान छाडिसकेका छन् । त्यहाँ रहेका २ सय हाराहारी नेपाली भने अझै पनि उद्धारको पर्खाइमा छन् । उनीहरुले आज अफगानिस्तान छाडिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार नेपाल आउन सक्ने आजै नेपाल आउने छन् भने कतिपय नेपालीहरु अन्य मुलुकमा गएर बस्ने छन् । त्यसपछि उनीहरुलाई नियमित उद्धार गरेर नेपाल ल्याउने तयारी छ ।

अफगानिस्तनाबाट सोमबारसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए ।

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरि आवश्यक व्यवस्थापन गरिएको छ ।

मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको