Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

विश्व किर्तिमानी गितकार डा.डिआरको ‘नाम केवल तिम्रो’ सार्वजनिक(भिडियो)

admin

कीर्तिमानी गीतकार डा. डीआर उपाध्याको नयाँ गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ । प्रदाप दाशको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, शाहस शाक्यको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेलाई फिचरिङ गरिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ ।

गीतमा आफूले माया गरेकी मायाको तारिफ गरिएको छ । निक्कै कलात्मक ढङ्गले भिडियो प्रस्तुत गरिएको छ । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतसहित विभिन्न विविध ५९ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत छन् । उहाँका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको