Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

नुवाकोटलार्इ ३ नं प्रदेशकाे राजधानी बनाउन सराेकारवालाकाे जाेड

admin

नुवाकोटलाई प्रादेशिक राजधानी बनाउन नुृवाकोटका प्रदेश सदस्य, जिल्ला समन्वय समिति, राजनीतिक दल र पर्यटन व्यवसायी र नागरिक समाजले ऐतिहासिक, भौगोलिक, रणनीतिक र पूर्वाधारका आधार प्रस्तुत गरेका छन् ।

जिसस नुवाकोट र नुवाकोट सरोकार समाजले ‘नुवाकोटको विगत, वर्तमान र भविष्य’शीर्षकमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिहरुले काठमाडौँदेखि नुवाकोट पुग्न हाल तीन वटा डबल लेनका मार्ग कायम रहेको र मध्यपहाडी मार्ग नुवाकोट भएर जाने तथा भविष्यमा सुरुङ मार्ग पनि बन्ने भएकाले छिटो नुवाकोट पुग्न सक्ने देखिएको बताएका छन्। औधाेगिकरणका लागि जमीन, विद्युत् र पानी पर्याप्त रहेको नुवाकोट चीन र भारतको पारवहन विन्दु भई रणनीतिक महत्वको स्थान पनि भएको बारे छलफल गरेकाछन्।

कार्यक्रमका सहभागीहरूले  प्रदेशका बाँकी १२ जिल्लाबाट नुवाकोट सजिलैसँग पुग्न सकिने र यहाँ प्रशस्त भवन  बनाउन मिल्ने खाली जग्गा तथा समथर फाँट भएको बताएका थिए । प्रदेशसभा सदस्य(काठमाडौँ) नरोत्तम वैद्यले आफूहरु हेटौँडाको पक्षमा नरहेको र पार्टीले पनि आफूहरुलाई स्वविवेक प्रयोग गर्न दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा सिन्धुलीका प्रदिप कटुवाल, चितवनका विजय सुवेदी, काठमाडौंका याेगेन्द्र सग्राेला, रामेश्वर फुयाल, रसुवाका प्रेम तामाङले समेत अाफ्नाे  विचार राखेका थिए। नेपाली काँग्रेसका नेता रमेश महतले राजधानीको फोहर राख्ने डम्पिङ साइट हाल नुवाकोटको ओखरपौवामा रहेको तथा खाद्यान्न र तरकारी पनि काठमाडौँ निर्यात भइरहेको बताउँदै उद्योगका लागि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट प्रशस्त विद्युत उत्पादन भइरहेको जानकारी दिए । पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटकीय जिल्ला नुवाकोट भारत चीन व्यापारमार्ग पनि भएको बताए ।

सरोकार समाजका अध्यक्ष रामलाल श्रेष्ठले पृथ्वीनारायण शाह र गीर्वाणयुद्धविक्रम शाहका पालामा दुई पटक राजधानी बनिसकेको नुवाकोट अन्य जिल्लाका तुलनामा नुवाकोट कम विकसित भएकाले भविष्यमा विकास गर्नका लागि पनि यसलाई राजधानी बनाउनुपर्ने तर्क गरे।

कार्यक्रममा नुवाकोटलाई राजधानी बनाउन सकिने आधारहरु झल्काइएको जिसस नुवाकोटबाट निर्मित वृत्तचित्र प्रस्तुत गरिएको थियो । नुवाकोटका समग्र विकास र समृद्ध नुवाकोटको निम्ति यस्ताे कार्यक्रमहरु अागामी दिनमा नियमित गरिने र यस्काे निम्ति सबै सराेकारवाला निकायकाे सहयाेग अावश्यक रहेकाे र सबै नुवाकोटका बासिन्दा एकजुट हुनु पर्ने बारे सराेकार समाजका सचिव अनुजकुमार श्रेष्ठले बताए ।कार्यक्रममा ३नं प्रदेश सभाका सभामुख माननीय सानुकुमार श्रेष्ठ ,  उप सभामुख राधिका तामाङ ,जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङ, विदुर नगर पालिकाका मेयर सन्जु पंडित, प्रदेशसभा सदस्य, केशव पाण्डे, बद्री मैनाली र हीरानाथ खतिवडा लगायतकाे उपस्थिति रहेकाे थियाे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको