Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

तालिबानले कब्जा गर्नुअघि बाइडेनले अशरफ गनीसँग १४ मिनेटसम्म के कुरा गरेका थिए ?

admin

अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्ष लामो युद्धको अन्त्य गरेको छ । ३० अगष्टमा अमेरिकी सेनाले काबुल विमानस्थल छोडेसँगै अफगानिस्तानमा तालिबानको नियन्त्रण भएको छ । तालिबानले पछिल्लो १ महिनामा नाटकीय ढंगले पूरै देश नियन्त्रण गर्यो । तालिबानले कब्जा सुरु गर्दै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र तत्कालीन अफगानी राष्ट्रपति अशरफ गनीबीच फोनमा कुराकानी भएको थियो जसमा तालिबानविरुद्धको लडाइँबारे चर्चा भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार २३ जुलाइमा जो बाइडेन र अशरफ गनीबीच १४ मिनेट लामो कुराकानी भएको थियो । यो कुराकानीमा बाइडेनले अमेरिकाको तर्फबाट अफगानिस्तानलाई दिइने सैन्य सहयोगका बारेमा कुरा गरेका थिए । बाइडेनले गनीसँग तालिबानविरुद्धको लडाइका विषयमा छवि बदल्न भनेका थिए । यो फोन वार्ताको करिब ३ हप्तापछि अशरफ गनी अफगानिस्तान छोडेर भागे । १५ अगष्टमा तालिबानले काबुलको राष्ट्रपति भवनमा कब्जा गर्यो । त्यसको १५ दिनपछि अमेरिकाले पूर्ण रुपमा अफगानिस्तान छोड्यो ।

रोयटर्सका अनुसार यो फोन वार्तामा बाइडेनले गनीसँग उनले सार्वजनिक रुपमा तालिबानलाई रोक्ने योजना बताएमा मात्र अमेरिकाले सैन्य सहयोग गर्ने बताएका थिए । बाइडेनले आफ्नो तर्फबाट हवाइ सहयोग पनि जारी रहने तर त्यसको लागि आफूहरुलाई अगाडिको योजना के हो भन्ने थाहा हुनुपर्ने बताएका थिए । यो फोन वार्ताको केही दिन अघि मात्र अमेरिकाले अफगानी सेनाको समर्थन गर्दै एयरस्ट्राइक गरेको थियो ।

अमेरिकी राष्ट्रपति चाहन्थे कि अशरफ गनीले जनरद बिस्मिल्लाह खानलाई तालिबानसँग लड्ने जिम्मेवारी दिउन् भन्ने चाहन्थे । त्यतिबेला खान रक्षामन्त्री थिए । अफगानिस्तानले आफ्नो योजना प्रस्टसँग बताएर बिस्मिल्लाह खानलाई तालिबानविरुद्धको लडाइको नेतृत्व दिएमा अमेरिका सहयोग गर्न तयार थियो । फोन वार्तामा बाइडेनले अमेरिकाले तयार गरेका ३ लाख अफगानी सैनिकले ७०–८० हजार तालिबानीसँग लड्न र जित्न सक्षम रहेको विश्वास दिलाएका थिए ।

यद्यपि यो कुराकानीको मुख्य विषय अफगान सरकारको आगामी दृष्टिकोणमा केन्द्रित थियो । बाइडेनले कुराकानीमा गनी सरकारको कार्यशैली तालिबानविरुद्धको लडाइको विषयमा गम्भीर नभएको र यसले विश्वमा गलत सन्देश गइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । अमेरिकाले अफगानिस्तानका पूरै राजनीतिक नेतृत्व एकसाथ पत्रकार सम्मेलन गर्न र छवि बदल्नका लागि तालिबानविरुद्ध रणनीतिको घोषणा गर्न सुझाव पनि दिएको थियो ।

रिपोर्टअनुसार कुराकानीमा अफगानी राष्ट्रपति गनीले बाइडेनलाई पाकिस्तानका सम्बन्धमा चेतावनी दिएका थिए । गनीले तालिबानले पूरै शक्तिको साथ एक पटक फेरि आक्रमण गरिरहेको बताउँदै यसमा पाकिस्तानको तर्फबाट तालिबानलाई पूरा समर्थन दिइएको बताएका थिए । यसका अलावा पाकिस्तानले १० देखि १५ हजार आतंकवादी पनि तालिबानलाई दिएको उनले बताएका थिए । रोयटर्सले यो कुराकानीबारे ह्वाइट हाउस र अशरफ गनीको कार्यालयबाट प्रतिक्रिया माग्दा कुनै प्रतिक्रिया दिइएन । वाशिङटनस्थित पाकिस्तानी दूतावासले पाकिस्तानले तालिबानलाई सहयोग गरेको कुरालाई आधारहीन भनेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको