Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

मोडल निशा घिमिरेको उपचारका क्रममा निधन

admin

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको आज मृत्यु भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको हो ।  सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतमा सडक दुर्घटनामा परेर घाइते भएकी निशा लामो समयदेखि घरमै थला परेको अवस्थामा अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो । अस्पतालले उनको निःशुल्क उपचार गरिरहेको थियो । हिजो मात्रै पत्रकार सम्मेलन गरी अस्पतालले उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएका थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको