Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

कृषि अध्ययनका लागि इजरायल गएका १० नेपाली सम्पर्कविहीन

admin

इजरायली कृषि केन्द्रमा तालिम अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् ।

इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) द्वारा संचालित परियोजना ‘सिक्दै र कमाउँदै’ अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भइ विभिन्न ५ वटा इजरायली कृषि केन्द्रहरुमा ११ महिनाको तालिम तथा अध्ययनका लागि गएका १० जना विद्यार्थीहरु सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सेडोट नेगेभ कृषि तालिम केन्द्रबाट ४ जना, द एक्स्ट्रनल स्टडीज इन्स्च्युटबाट २ जना, किन्नेरेट कलेजबाट २ जना र आराभा अन्तर्राष्ट्रिय कृषि तालिम केन्द्रबाट २ जना सम्पर्कविहीन भएको जनाएको छ ।

विद्यार्थीबाहेक रोजगारीका शिलशिलामा ल्याइएका केही कामदार पनि सम्पर्कबाहिर रहेको भन्दैदूतावासले खोजी भइरहेको जनाएको छ ।

देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैरकानूनी हिसाबले लुकिछिपी बस्ने कार्य अनैतिक भएको जनाउदै दूतावासले दुई-चार जनाको वदमासीले गर्दा वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो भनेको छ ।

नेपाल आज | कृषि अध्ययन गर्न इजरायल जाने टोली छनोट

दूतावासबाट मौजुदा संख्यालाई बढाएर वार्षिक एक हजार पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरुले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने दूतावासले चेतावनी दिएको छ । सम्पर्कविहीन भएका सबैको खोजी भइरहेको र केहीको पत्तो लागिसकेको दूतावासले जनाएको छ ।

प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ ।

सम्पर्कविहीन विद्यार्थीलगायत अन्य नेपालीहरुलाई तुरुन्त दूतावासको सम्पर्कमा आउन र सम्पर्कमा नआए आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने समेत दूतावासले चेतावनी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको