Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको पद निलम्बन

admin

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो ।

नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा भेटिएको छ । बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको छ । कतिपयले बोर्ड अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको समेत आरोप लगाएका छन् ।

सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई पदबाट निलम्बन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुनविपरीत आफ्नो सहदोर भाइ र छोरीको नाममा  सेयर खरिद गरेको आरोप लागेपछि छानबिन गर्ने निर्णय गरेको थियो। त्यस क्रममा उनलाई पदबाट निलम्बन गरिएको अर्थमन्त्रीका सल्लाहकार गोविन्द रोकाले नेपालखबरलाई जानकारी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको