Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

अत्याधिक मत सहित राष्ट्रपतिमा विद्यादेवी भण्डारी विजयी

admin

आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी भएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् । भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् ।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको