Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

चर्चित नायक निखिल उप्रेती अस्वस्थ

admin

एक्सन स्टारका रुपले परिचित चर्चित नायक निखिल उप्रेती अस्वस्थ भएका छन् । उनलाई पेट सम्बन्धी समस्या भएका कारण अचानक अस्पातल भर्ना हुनु परेको हो । पेटमा असजिलो महसुस भएसंगै उनी काठमाण्डौ स्थित स्टार हस्पिटलमा भर्ना भएका छन् । उनी अहिले डाक्टर साँहिला रुपाखेतिको निगरानीमा भएको श्रोतले जनाएको छ । उनलाई उक्त अस्पतालले निशुल्क स्वास्थ्य परिक्षण गरिरहेको छ ।

थुप्रै चलचित्रमा स्टन्ट गरेका कारण उनको यो समस्या आएको अनुमान डक्टरले लगाएका छन् । उनी अभिनित चलचित्र “पिंजडा ब्याक अगेन”मा हालै प्रर्दशन भएको पछिल्लो चलचित्र हो । उनी अभिनित पहिलो चलचित्र “पिंजडा”को एक्सनका कारण उनी चर्चामा आएका हुन् । उनका प्रायः चलचित्र एक्सनले नै भरिपूर्ण हुने गर्दछ । भने दर्शकले पनि उनका नयां नयां एक्सन स्टाइल हेर्नका लागी प्रतिक्षारत हुने गर्छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको