Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने सुविन केसी पक्राउ

admin

चितवन महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी रु ५० हजार ठगेको अनुसन्धानमा खुलेको ढकालले जानकारी दिए । त्यसपछि विभिन्न नम्बरबाट फोन गरी रु तीन लाख माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पीडितबाट उजुरी परेपछि सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको