Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक डोरी तान प्रतियोगितामा ब्रिजवाटर कलेजको उत्कृष्ट प्रदर्शन सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न

प्रख्यात बैज्ञानिक स्टीफन हकिङको निधन

admin

विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हकिङ क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।  दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

हकिङको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् । सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथि केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’

हकिङले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए । ‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको