Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

मायालु सँग उकाली ओर्हालीमा रमाउदै गायक रवि सुवेदी (भिडियो सहित)

admin

गायक रबी सुबेदी मायालुलाई पछ्याउदै फर्पिङको रमणिय स्थलमा पुगेका छन । रियल नभई म्युजिक भिडियोमा मायालुलाई पछ्याउदै उनको म्युजिक भिडियो “कहिले माया उकाली…” रिलिज भएको हो । काठमाडौको फर्पिङका रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतका गीतकार शंकर ज्वाला हुन भने संगीतकार सुरेन्द्र श्रेष्ठ हुन ।

आर्टिष्ट नेपालको प्रोडक्सन रहेको भिडियोलाई माधव बेल्वासे सम्पादन गरेका छन । आर्टिस्ट नेपालका संस्थापक एबं भिडियो निर्देशक नव ढुंगेलको निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन । सन्दीप भुजेलको नृत्य निर्देशन रहेको भिडियोमा स्वयं गायक रवि सुवेदी, मोडल सुजाता आचार्य तथा रंजित पौडलेको अभिनय रहेको छ ।

rabi subedi - maya ukali

एक दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय गायक रबी सुबेदीले यस् अघी २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । अमेरिकामा आफ्नो व्यापारमा व्यस्त रहेर पनि वर्षमा कम्तिमा २ पटक नेपाल आई विभिन्न सांगितीक कार्यक्रममा सहभागीता जनाउदै आएका छन् । यो पटकको नेपाल बसाईमा २ वटा म्यूजिक भिडियोको छायांकन तथा आधा दर्जन गीतहरुमा स्वर दिन भ्याएका छन ।

भिडियो हेर्नुहोस्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको