Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

मायालु सँग उकाली ओर्हालीमा रमाउदै गायक रवि सुवेदी (भिडियो सहित)

admin

गायक रबी सुबेदी मायालुलाई पछ्याउदै फर्पिङको रमणिय स्थलमा पुगेका छन । रियल नभई म्युजिक भिडियोमा मायालुलाई पछ्याउदै उनको म्युजिक भिडियो “कहिले माया उकाली…” रिलिज भएको हो । काठमाडौको फर्पिङका रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतका गीतकार शंकर ज्वाला हुन भने संगीतकार सुरेन्द्र श्रेष्ठ हुन ।

आर्टिष्ट नेपालको प्रोडक्सन रहेको भिडियोलाई माधव बेल्वासे सम्पादन गरेका छन । आर्टिस्ट नेपालका संस्थापक एबं भिडियो निर्देशक नव ढुंगेलको निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन । सन्दीप भुजेलको नृत्य निर्देशन रहेको भिडियोमा स्वयं गायक रवि सुवेदी, मोडल सुजाता आचार्य तथा रंजित पौडलेको अभिनय रहेको छ ।

rabi subedi - maya ukali

एक दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय गायक रबी सुबेदीले यस् अघी २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । अमेरिकामा आफ्नो व्यापारमा व्यस्त रहेर पनि वर्षमा कम्तिमा २ पटक नेपाल आई विभिन्न सांगितीक कार्यक्रममा सहभागीता जनाउदै आएका छन् । यो पटकको नेपाल बसाईमा २ वटा म्यूजिक भिडियोको छायांकन तथा आधा दर्जन गीतहरुमा स्वर दिन भ्याएका छन ।

भिडियो हेर्नुहोस्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको