Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

फेरि ४४ अंकले ओर्लियो बजार

admin

यो साता सेयरबजारमा उतारचढाव देखिएको छ। आइतबार ह्वात्तै घटेको सेयरबजार सोमबार फेरि ह्वात्तै बढेको थियो।

तर मंगलबार फेरि ४४.१८ अंकले ओर्लिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा २ सय २२ कम्पनी सामेल भएका छन्।

यी कम्पनीका एक करोड ५० लाख ८२ हजार कित्ता सेयर बिक्री भएको छ।

आज ८६ हजार ५०८ पटकमात्रै सेयर खरिदबिक्री भएको छ। कुल १३ उपसूचकमध्ये म्युचुअल फन्ड र अन्य समूहको मात्रै हरियो भएको छ। बाँकी उपसूचकहरु राताम्य छन्।

आज सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। अघिल्लो दिन तीन दर्जन कम्पनीका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका थिए।

त्यस्तै लगानीकर्ताहरुले आज ७.७३ प्रतिशतसम्म गुमाएका छन्।

आज सेयरबजारमा ६१ करोडसम्म अधिकतम कारोबार भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको