Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

मुना रोक्काको सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक(भिडियो)

admin

काठमाण्डौं, भाद्र २३ | तीज आउन अब केही दिन मात्र बाँकी छ । आजभोली जताततै नेपाली नारिहरुको महान चाड तीज लागेको छ । कोरोना महामारीका कारण कम भएको तीज गीतहरु यसपाली भने केही बढेको छ ।

स्वास्थ्य मापदण्डको उचित पालना गर्दै अग्रज कलाकार, संगीतकार भिमलाल महर्जनद्वारा संगीतबद्ध तीज गीत बजारमा सार्वजनिक गरिएको छ । ‘अहिलेको तीजमा’बोल रहेको सन्देशमुलक गीतमा गायिका मुना रोक्का र समुहको स्वर रहेको छ भने शब्द दिपक प्रेमी एरेन्ज सुरज माली मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ । अहिलेको तीजमा घरमै बसौ, सावधानी अपनाऔँ, सुरक्षित तरिकाले तीज मनाऔ भन्ने सन्देश रहेको गीतको म्युजिक भिडियोमा खुशी अधिकारी, रेखा स्त्री, सुस्मिता लामा, भगवती बुढाथोकी लगायतको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ । सनराईज फिल्मी संसार कलंकीको दोश्रो प्रस्तुति अशोक खडकाको निर्माणमा तयार पारीएको भिडियोलाई वरिष्ठ नृत्य निर्देशक कमल राईले नृत्य निर्देशन गरेका छन भने छांयाकन उमेश नेवा, सम्पादन गौतम राज खडका र मेकअप रवी के सीको रहेको छ । भिडियो सनराईज मुभी एक्सन को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको