Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

एकाएक गायब हुदै छन सिन्धुपाल्चोकमा किशोरीहरु

admin

सिन्धुपाल्चोक – गत माघ ५ गते बाह्रबिसे नगरपालिका ८ जम्बुपारीकी २१ बर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् । दुई दिनसम्म परिवारले व्यापक खोजी गर्यो । कतै नभेटेपछि उनीहरु निराश छन् ।

कमला हराएको दुइ दिनपछि बाह्रबिसे कर्थलीकी २६ बर्षीया विमला तामाङ पनि त्यसरी नै हराइन् । बाह्रबिसे नगरपालिकामा मात्रै २०७४ साउनदेखि हालसम्म ३० किशोरी हराएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पछिल्ला दिनमा किशोरी हराउने क्रम बढेको छ ।  “यो बर्षमात्रै किशोरी हराएका १२ वटा निवेदन परे । त्यसमा ५ जनालाई फेला पार्यौँ । माइती नेपालकी जिल्ला संयोजक पवित्रा घिमिरेले भनिन्, भूकम्पपछि ११ देखि २४ बर्षका ३८ किशोरी गायब छन् ।”

तीमध्ये १३ जनाको मात्रै उद्धार गर्न सकेको उनले बताइन् ।

जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले भने, “भूकम्पपछि अहिलेसम्म ७३ जना हराएकामा ५२ जना अझै भेटिएका छैनन् । हराएका मध्ये अधिकांश किशोरी छन् ।”

उनले किशोरी बेचबिखनमा परेको हुनसक्ने बताए । वैदेशिक रोजगारको प्रलोभन देखाएर दलालहरुले किशोरी लाने गरेको उनको भनाइ छ ।

आजको कान्तिपुरको पृष्ठ १७ मा यो समाचार छापिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको