Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

असहमतिबीच डडेल्धुरामा वडा अधिवेशन सुरु भएपछि पौडेलले भेटे देउवालाई

admin

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टीको जारी अधिवेशन धाँधलीरहित र निष्पक्ष बनाउन आग्रह गरेका छन्।

डडेल्धुरामा जिल्ला कार्यसमितिको निर्णय बेवास्ता गर्दै गाउँपालिका/नगरपालिका वडा अधिवेशन सुरु भएपछि नेता पौडेलले शुक्रबार बिहान सभापति देउवासँग भेटवार्ता गरेका हुन्।

भेटमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन आग्रह गरेको पाैडेलले बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल र जीवन परियारलगायत सहभागी थिए।

छलफलमा पार्टीका क्रियाशील सदस्यहरुको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न र पार्टीको महाधिवेशनमा राज्यको प्रहरी/प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गराइएको वरिष्ठ नेता पौडेलले जानकारी दिएका छन्।

कांग्रेसको डडेल्धुरा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर मात्रै वडा अधिवेशन गर्न सभापति देउवालाई आग्रह गरे पनि केन्द्रीय निर्वाचन समितिबाट खटिएका प्रतिनिधिले अधिवेशन सुरु गराएका हुन्।

जिल्ला कार्यसमितिले क्रियााशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताका लागि केन्द्रमा सिफारिस गरिएकामध्ये ४ सय ६० जनाको नाम हटाइएको र सिफारिस नै नगरिएका ३ सय १२ जनाको नाम केन्द्रबाट थपिएको भन्दै आपत्ति जनाएको छ।

उपसभापति विमलेन्द्र निधिले पनि सभापति देउवालाई पत्र पठाएर डडेल्धुराको विवाद समाधानका लागि आग्रह गरेका थिए।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइरालाले पनि बिहीबार भेटेरै डडेल्धुरामा विवाद समाधान गरेर मात्रै अधिवेशन गर्न आग्रह गरेका थिए।

जवाफमा सभापति देउवाले वडा अधिवेशन सार्न निर्देशन दिइसकेको जवाफ दिएका थिए। तर, निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले विज्ञप्ति जारी गरेर वडा अधिवेशन नरोकिने जनाएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको